Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वैदेशिक रोजगारीमा देखिएकाे समस्याबारे संसदीय समितिमा छलफल

वैदेशिक रोजगारीमा देखिएकाे समस्याबारे संसदीय समितिमा छलफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७८ बुधवार • १२:३५:०२ बजे
  • 754
    SHARES
  • वैदेशिक रोजगारीमा देखिएकाे समस्याबारे संसदीय समितिमा छलफल

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल गरेको छ ।

    images

    मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन संसदीय समितिले आयोजना गरेको कार्यक्रममा वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारलाई व्यवस्थित गर्नेबारे छलफल भएको हो । फ्रि भिसा र फ्रि टिकट कार्यान्यवन नहुँदा भइरहेको ठगी, भिजिट भिसाको नाममा अवैध बाटोबाट विदेश लैजाने प्रवृति, अवैध बाटोबाट गएका घरेलु कामदारको समस्याका साथै बेरोजगारी समस्या समाधानबारे समितिका सदस्यहरुले चासो राखेका थिए ।

    मन्त्री श्रेष्ठले विचौलियाहरूको ठगी अन्त्य गरेर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने बताए । मन्त्री श्रेष्ठले राम्रो गन्तव्यमा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको जानकारी दिए ।

    उनले सरकारले बेलायतमा फास्ट ट्रयाकबाट १० हजार नर्स पठाउन औपचारिक पहल सुरु गरेको जानकारी दिँदै सीप सिकाएर राम्रा गन्तव्य मुलुकमा श्रमिक लैजाने गरी तयारी अघि बढेको उनले बताए । दक्षिण कोरियामा कोरोनाका कारण रोकिएका कामदार पठाउन सुरु गरिएको भन्दै उनले आगामी जनवरीसम्म ६०० जना कामदार पठाइने बताए ।

    इजरायलमा रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारको स्वास्थ्य तथा पुलिस रिपोर्टसम्बन्धी काम सकिएर प्रशासनिक काम मात्र बाँकी रहेकाले छिट्टै इजरायल पठाइने बताए ।

    मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारीको नयाँ गन्तव्य खोजी भइरहेको बताउँदै विभिन्न रोजगारदाता देशसँग श्रम सम्झौता र नवीकरणको तयारी भइरहेको बताए । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य समेत रहेका मन्त्री श्रेष्ठलाई समितिमा बधाई ज्ञापन गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # वैदेशिक रोजगारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology