Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गलत बाटोमा लागेपछि मैले एमाले त्यागेको हुँ : नेपाल

गलत बाटोमा लागेपछि मैले एमाले त्यागेको हुँ : नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७८ बुधवार • १४:०७:३४ बजे
  • 754
    SHARES
  • गलत बाटोमा लागेपछि मैले एमाले त्यागेको हुँ : नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा (एमाले)लाई त्याग्नुपरेको बताएका छन् । धनुषाको विदेश नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भने,“नेकपा एमाले विदेशी दलालीमा लाग्यो ।

    images

    त्यसैले पुरानो घर त्याग्नुपरेको हो ।” अध्यक्ष नेपालले अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडि बढेको बताउँदै भने,“न्याय र सत्यको जित अवश्य हुने छ । ”

    नेपालले आफू ५२ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा लागेको उल्लेख गर्दै भने,“ठुला ठुला काम गरेका छौँ । राजाको शासन उखेलेर फाल्यौँ ।” उनले हिन्दी शैलीमा भने,“जो हमसे टकराएगा चुर चुर हो जाएगा ।”

    उनले आफू प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभिएको बताए । अध्यक्ष नेपालले एकीकृत समाजवादीले जहिल्यै जनताको सुख दुःखमा साथ दिने प्रतिबद्धता जनाए ।

    कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सिर्जना गरी सबैको जीवन राम्रो बनाउन आफूहरु लागि परेको उनको भनाइ थियो । कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिन्ह कलम लिएर जनतामाझ आएको उनको भनाइ थियो ।

    उनले अब पालिका, राष्ट्रियसभा, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै चुनावमा जितेपछि जनताको काम गर्ने, सिंचाइ र मलखादको व्यवस्था गर्ने पनि बताए ।

    नेपालले विरोधीले कान लिएर काग भाग्यो भनेपटि कागको पाछाडि दौडिन नहुने कार्यकर्तालाई सुझाव दिँदै हिम्मत र बुलन्दीको साथ अगाडि बढेपछि जित हुने बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology