Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सस्तियो सुनचाँदीको मूल्य

सस्तियो सुनचाँदीको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७८ बुधवार • १४:०९:४० बजे
  • 616
    SHARES
  • सस्तियो सुनचाँदीको मूल्य

    बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

    images

    छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । चाँदीको मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ ।

    चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology