Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनको स्टुडियो नभेटेपछि विभागले कारबाही नगर्ने

पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनको स्टुडियो नभेटेपछि विभागले कारबाही नगर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७८ बुधवार • १९:४१:१३ बजे
  • 427
    SHARES
  • पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनको स्टुडियो नभेटेपछि विभागले कारबाही नगर्ने

    सूचना तथा प्रसारण विभागले प्रसारण अनुमतिपत्र नलिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मण्डिखाटारमा शुक्रबार उद्घाटन गरेको ‘पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनको स्टुडियो नभेटेपछि कारबाही प्रक्रियाबाट पछि हटेको छ ।

    images

    विभागका निर्देशक सुदीप भट्टराईका अनुसार पतञ्जलि टेलिभिजनको स्टुडियो नै नबनेको र टेलिभिजन खोल्न कुनै तयारी नै नगरेको पाइएकोले कारबाही गर्ने आधार देखिएन । शुक्रबार प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकसाथ टेलिभिजनको उद्घाटन गरेका थिए ।

    नेपालमा विदेशी टेलिभिजन खोल्न कुनै नियम नभएको भन्दै यसविरुद्ध चौतर्फी विरोध भएको थियो । त्यसपछि विभागले पनि त्यसलाई चासो साथ नियालेको थियो ।

     पतञ्जलिको समाचार आएपछि विभाले निर्देशक भट्टराईकों संयोजकत्वमा एक समिति गठन गरेको थियो । त्यसपछि उक्त समितिले मण्डिखाटारमा रहेको भनिएको पतञ्जलि टेलिभिजनको कार्यालयमा पुगेर छापासँगै केही कागजात पनि बरामद गरेको थियो ।

    विभागका महानिर्देशक गोगनबहादुर हमालले टेलिभिजनले अहिलेसम्म स्टुडियो नै तयार नभएको फेला पारिएको बताएका छन् । उनका अनुसार अनुमतिपत्रविना प्रसारण उपकरण, सामग्रीहरु जडान गरेको भेटिए जफत हुने कानूनी व्यवस्था रहेको छ ।

    अनुसन्धान समितिले पतञ्जलिको कार्यालयमा छापा मार्दा भवन मात्रै उद्घाटन गरेर ‘टेलिभिजन’ उद्घाटन भनिएको भनेको छ । यसरी टेलिभिजन छैन तर, भवनमात्रै भएपछि कारबाही गर्न विभाग पछि हटेको हो ।

  • सम्बन्धित विषय:

  • # पतञ्जलि नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology