Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

केपी ओलीले चार करोड र सात वटा मन्त्रालय दिएका थिए :विप्लव

केपी ओलीले चार करोड र सात वटा मन्त्रालय दिएका थिए :विप्लव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७८ बिहिवार • ०८:२४:२२ बजे
  • 1.9K
    SHARES
  • केपी ओलीले चार करोड र सात वटा मन्त्रालय दिएका थिए :विप्लव

    नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले  बेनीमा बुधबार मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सभालाई सम्बोधन गर्दै बाहिर हल्ला चले जस्तो माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको बताएका छन् ।

    images

    ‘बाहिर हल्ला चलेको छ प्रचण्ड र विप्लव विचमा एकता हुँदै छ’एकता र सहकार्यको लागि नयाँ विचार, लक्ष्य र उद्देश्यका विषयमा छलफल हुनुर्छ ।

    ‘एकता आवश्यक छ तर पद र स्वार्थको लागि मात्र होइन । जनतालाई केन्द्रमा राखेर सोच्न र पुराना नेताहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्त राखेका छौं ।’ सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले गुनासो व्यक्त गरे ।

    तीन बुँदे सहमतिलाई लिएर भ्रामक हल्ला फैलाइएको भन्दै उनले भने, ‘उतिखेर बाहिर हल्ला चल्यो केपीसँग मिल्यो रे अब त गृहमन्त्री बन्ने रे ! व्यक्तिगत स्वार्थको लागि तीन बुँदे सहमति भएको होइन् ।’ 

    अहिले तपाईहरुको बीचमा इमानपूर्वक भन्छु  चार करोड रुपैयाँ पैसा र सात वटा मन्त्रालय पाइएको थियो’ ‘केपीजीले आफ्नो स्वार्थको लागि दर्जन बढी विद्येयक र अध्यादेश ल्याए, तर हाम्रा कमरेडहरुलाई जेलमा राखेर कानूनको बाधा छ भन्नुभयो ।

    अदालतका न्यायाधीशहरुले संविधान हातमा लिएको आरोप लगाएका छन् । ‘नेपालमा पूँजिपतिको संसदीय व्यवस्था असफल भइरसक्यो । जनताको व्यवस्था नभएपछि हरेक दिन संकटमा फस्दै जानु ,समस्यमा पर्नु अनिवार्य छ ’, उनले थपे, ‘दुई तिहाई हुँदा पनि सरकार ढल्यो, संसद ढल्यो, कानूनहरु पनि लथालिङ्ग छ ।

    नेपालमा मगर समुदायको ठूलो योगदान रहेको समेत उल्लेख गरे । ‘मगर जातिको इतिहास हजारौं वर्षको छ । क्रान्तिका लागि, देशको हरेक परिवर्तनका लागि र दोस्रो विश्व युद्धमा समेत मगर समुदायको ठूलो भूमिका छ’ ‘ विभिन्न कालखण्डमा शासकले खोसेको मगर जातिको पहिचान, अधिकार, भाषा र मगरात फिर्ता पाउनुपर्छ ।’

    कार्यक्रममा नेकपा सचिवालय सदस्य सन्तोष बुढा मगरले देशको हरेक परिवर्तन र दोस्रो विश्वयुद्धमा समेत मगर समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । कार्यक्रममा उमा भुजेल, रामबहादुर बिक, अनेमसंघ क्रान्तिकारीका सचिव उसा घर्ति घिमिरे, म्याग्दी जिल्ला सेक्रेटरी शुशिला बिक लगायतले बोलेका थिए 

    तत्कालीन माओवादीले जनयुद्धमा बनाएको जमुक्ती सेना स्थापना तथा ८ मंसिर २०७१ सालमा नेकपा गठन भएको दिनको अवसर पारेर मोर्चाको सम्मेलन गरेका हुन् । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology