Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कांग्रेस अधिवेशनः १३५ क्षेत्रबाट ३५०० बढी प्रतिनिधि चयन

कांग्रेस अधिवेशनः १३५ क्षेत्रबाट ३५०० बढी प्रतिनिधि चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७८ बिहिवार • ०८:४१:५६ बजे
  • 739
    SHARES
  • कांग्रेस अधिवेशनः १३५ क्षेत्रबाट ३५०० बढी प्रतिनिधि चयन

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु हुन दुई साता अघिसम्म तीन हजार ५१० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

    images

    पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिए ।

    काँग्रेसको विधानअनुसार, हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ ।

    सचिव श्रेष्ठले अब ३० वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी रहेको जानकारी दिए ।

    समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस अधिवेशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology