Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको डुंगा दुर्घटना, ३१ को मृत्यु

आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको डुंगा दुर्घटना, ३१ को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७८ बिहिवार • ०८:४३:५८ बजे
  • 802
    SHARES
  • आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको डुंगा दुर्घटना, ३१ को मृत्यु

    एजेन्सी । फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको एउटा डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा डुब्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि छन् ।

    images

    दुर्घटना भएको क्षेत्रमा फ्रान्स र बेलायतका अधिकारीहरुले हवाई जहाज र डुंगाबाट उद्दार गरेका छन् । सो घटनाबाट आफू निकै दुःखी भएको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् ।

    फ्रान्सका गृहमन्त्रीले सो दुर्घटनामा दुई जनाको मात्र उद्दार भएको जानाकारी दिएका छन् । दुर्घटनाबारे अनुसन्धान गर्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र बेलायती प्रधानमन्त्रीले सहमति जनाएका छन् ।

    बुधबार भएको दुर्घटना सन् २०१४ पछिकै ठूलो र डरलाग्दो भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।

    दुर्घटना भएको नहर विश्वकै व्यस्त जल मार्ग रहेको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आप्रवासी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology