Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्रीले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७८ बिहिवार • ११:४०:४९ बजे
  • 580
    SHARES
  • प्रधानमन्त्रीले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

    नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले चितवन पुगेर एमाले महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

    images

    प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्नेछन् । देउवा हेलिकोप्टरबाट चितवन जाने कार्यक्रम तय भएको छ ।

    नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर देउवा दिउँसो १ः१५ बजे काठमाडौँ फर्कनेछन् ।

    तामाङका अनुसार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा (लोकतान्त्रिक)का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आउने वा नआउने टुंगो लागिसकेको छैन । अन्य राजनीतिक दलका नेता समेत आउने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

    महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत चितवन आउँदैछन् । एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेको छ । महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म हुँदै छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology