Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रेमिकाको अन्त नै विवाह तय भएको भन्दै प्रेमिकासहित आमाबाबुको हत्या

प्रेमिकाको अन्त नै विवाह तय भएको भन्दै प्रेमिकासहित आमाबाबुको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७८ बिहिवार • ११:४३:०६ बजे
  • 1.1K
    SHARES
  • प्रेमिकाको अन्त नै विवाह तय भएको भन्दै प्रेमिकासहित आमाबाबुको हत्या

    एजेन्सी/ भारतको उत्तराखण्ड राज्यमा तीन जनाको हत्या गरेको आरोप लागेका एक युवक फरार भएका छन् ।

    images

    फरार भएका युवकमाथि प्रेमिका र उनका आमाबाबुको हत्या गरेको आरोप लागेको हो । उनले प्रेमिकाको अन्त नै विवाह तय भएको भन्दै प्रेमिकासहित उनका आमाबाबुको पनि हत्या गरेका हुन् ।

    उनले धारिलो हतियारको प्रयोग गरेर उनीहरुको हत्या गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनाका क्रममा प्रेमिकाकी बहिनी घाइते भएकी छन् ।

    फरार युवकको खोजी गर्नेलाई प्रहरीले ५० हजार भारतीय रुपियाँ इनाम घोषणा गरेको छ । मृतककी भाउजूका अनुसार उनको विवाह अन्त कतै तय भएकोले उक्त हत्याकाण्ड घटेको हो ।

    देवीपाटन मण्डल गोन्डाका डिआईजी उपेन्द्र अग्रवालका अनुसार प्रेम सम्बन्धका कारण हत्याकाण्ड भएको हो । घटना नगर कोतवाली क्षेत्रको इमलिया गुरुदयालको हो ।

    प्रहरीले उक्त घटनाका आरोपीको फोटो शेयर गर्दै पत्ता लगाउनेलाई ५० हजार इनाम तोकेको छ । दुवै एउटै समुदायका प्रेमिप्रेमिका थिए ।

    प्रेमीले आफ्नो साथीको मद्दतले उक्त हत्याकाण्ड गरेका हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology