राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले आफू केपी ओली एमालेमा रहेसम्म उक्त पार्टीमा नजाने बताएका छन् ।
उनले बीबीसीसँग कुरा गर्दै अहिले एमाले केपी ओलीले भनेको कुरालाई जस्ताको जस्तै मान्ने अवस्थामा रहेको भन्दै एमालेमा ओली रहेसम्म जनाले बताए हुन् ।
उनले अहिले एमाले पार्टीभन्दा पनि एउटा भक्तहरुको समूह जस्तो भएको बताएका छन् । उनले केपी ओलीले सहि कुरालाई गलतभन्दा गलत र गलत कुरालाई सहिभन्दा सहि हुने जमात पार्टीभित्र बढेको बताए ।
उनले केपी ओलीले अहिलेसम्म आत्माआलोचना गरेको आफूले नदेखेको बताए । उनले आफूले ओलीलाई ठूलो सहयोग गरेको तर ओली अरुलाई काम लगाउने र गुण तिर्न नजान्ने व्यक्ति भएको टिप्पणी गरे ।
सहमतिमै नेतृत्व चयन
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले सहमतिबाटै नेतृत्व गर्ने पार्टीको निष्कर्ष रहेको बताएका छन् ।
महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुगेका बादलले सहमति नभए केही पदमा निर्वाचन हुन सक्ने बताए । आफू कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा नपुगिएको भन्दै उनले अब निर्णय गर्ने बताए । ‘स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन गर्यौँ ।
अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निष्कर्ष छ । सहमति भएन भने केही पदमा निर्वाचन हुन पनि सक्छ ।’
महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ । एमाले अध्यक्ष ओली केहीबेरमा चितवन आउँदै छन् । एमाले नेता महेश बस्नेत आज चितवन आइपुगेका छन् ।