Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले महाधिवेशन : रौतहटबाट प्रभु साहकी पत्नी प्रतिनिधि चयन

एमाले महाधिवेशन : रौतहटबाट प्रभु साहकी पत्नी प्रतिनिधि चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७८ बिहिवार • १२:५१:३० बजे
  • 742
    SHARES
  • एमाले महाधिवेशन : रौतहटबाट प्रभु साहकी पत्नी प्रतिनिधि चयन

    नेकपा (एमाले)को १०औं महाधिवेशनका लागि रौतहटबाट २८ जना प्रतिनिधि चयन भएका छन् ।

    images

    चितवनमा १०(१२ मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि चयन गरिएको हो । जसमा माओवादीबाट एमालेमा आएका नेता प्रभु साहकी श्रीमती एवं मौलापुर नगरपालिकाकी मेयर रिना साहदेखि संघीय सांसद रेखा झासम्म छन् ।

    रेखा झा हालै सभामुखमाथि माइकले प्रहार गर्न खोजेर चर्चामा आएकी थिइन् । उपेन्द्र प्रसाद साह, राजकिशोर यादव, उमाशंकर साह, गीतादेवी साह, कुमारी बबिता साह क्षेत्र नम्बर एकबाट छन् ।

    क्षेत्र नम्बर २ बाट मनोजकुमार यादव, अबुल कलाम आजाद, त्रिभुवन साह, कपिलदेव पटेला, परनिया देवी, शैलेन्द्र साह छन् ।

    त्यसैगरी क्षेत्र नम्बर ३ बाट सियाराम कुशवाह, मणिशंकर निधि, पलट चौधरी, नरेश साह नुरहा, विजय यादव, रिना साह, कान्तिदेवी महतो छन् ।

    क्षेत्र नम्बर ४ बाट तुलसीराज गिरी, उद्धव प्रसाद रेग्मी, बिना साह, राजु धामी, वैद्यनाथ सहनी चयन भएका छन् । दलिततर्फ राजनाथ माझी, चन्द्रेश्वर वैठा, ठगा दास, मन्दुतिया देवी रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology