Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले महाधिवेशन उद्घाटनमा अध्यक्ष ‘प्रचण्ड’ सहभागी नहुने

एमाले महाधिवेशन उद्घाटनमा अध्यक्ष ‘प्रचण्ड’ सहभागी नहुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७८ बिहिवार • १६:२८:५५ बजे
  • 1.3K
    SHARES
  • एमाले महाधिवेशन उद्घाटनमा अध्यक्ष  ‘प्रचण्ड’ सहभागी नहुने

    नेकपा (एमाले)को महाधिवेशनको उद्घाटनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सहभागी नहुने भएका छन् ।

    images

    अध्यक्ष दाहालको सचिवालयका अनुसार अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले ‘प्रचण्ड’ शुक्रबार चितवन जान नसक्ने भएका हुन् ।

    त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि शुक्रबार (भोलि) प्रचण्ड र आफ्नो अन्तै कार्यक्रम रहेको बताएका छन् ।

    पूर्वनिर्धारित कार्यक्रम भएकाले आफूहरु चितवन जान नपाउने उनले बताए ।

    साथै पार्टीको प्रतिनिधि बनेर कोही नेता जाने भएतापनि हालसम्म टुंगो भइनसकेको उनले बताए । अध्यक्ष दाहाल भोलि काभ्रेका दुई कार्यक्रममा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

    केही दिनअघि एमाले नेता राजन भट्टराईले प्रचण्ड निवास खुमलटार पुगेर महाधिवेशनको उद्घाटनमा सहभागी हुन निम्तो दिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology