Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोमल वलीले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

कोमल वलीले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७८ बिहिवार • १७:२६:४६ बजे
  • 886
    SHARES
  • कोमल वलीले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

    चर्चित गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । शुक्रबारबाट चितवनमा हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशन उनी केन्द्रीय सदस्यमा भिड्न लागेकी हुन् ।

    images

    दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि चयन भएकी वली महाधिवेशनका लागि अहिले चितवन पुगेकी छन् । ‘म महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन्छु’ भनिन् । वलीले विभिन्न चार उद्देश्यका साथ आफूले उम्मेदवारी दिने निर्णय लिएको जानकारी दिइन् ।

    उनले आफ्नो पहिलो उद्देश्य केपी ओलीको नेतृत्वलाई सक्षम बनाउने र दोस्रो उद्देश्य पार्टीलाई सम्मृद्ध बनाउने रहेको बताइन् । उनले आफ्नो तेश्रो उद्देश्य राजनीतिक रुपान्तरणका लागि पार्टीले खेल्ने भूमिका सशक्त बनाउने रहेको बताइन् । राजनीतिलाई गतिशील बनाउने उद्देश्यले समेत महाधिवेशनमा आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

    वलीले आफु आवाजविहीनहरुको आवाजको रुपमा समेत महाधिवेशनमा प्रस्तुत हुने बताइन् । ‘आफ्नो वर्ग, समुदाय, युवाको आवाज र आवाजविहीनहरुको आवाज बनेर महाधिवेशनमा प्रतिनिधित्व गर्नेछु’ ।

    एमालेमा कुनै पक्ष विपक्ष नभएको तर्क राखेकी वलीले व्यक्तिगत रुपमा कसैले अध्यक्ष पदमा उम्मेदवारी दिएपनि आफूले भने केपी ओलीलाई समर्थन गर्ने स्पष्ट पारिन् ।

     

  • सम्बन्धित विषय:

  • # कोमल वली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology