Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना खोप तयार पारेको दाबी

रुसले पहिलो खेपका लागि कोरोना खोप तयार पारेको दाबी, अब छिट्टै बजारमा आउँने

रुसले पहिलो खेपका लागि कोरोना खोप तयार पारेको दाबी, अब छिट्टै बजारमा आउँने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३२, २०७७ आइतवार • १०:५६:०३ बजे
  • 1.6K
    SHARES
  • रुसले पहिलो खेपका लागि कोरोना खोप तयार पारेको दाबी, अब छिट्टै बजारमा आउँने
    विश्वमा सबैभन्दा पहिले आफूले सफल कोरोना खोप बनाएको दाबी गरेको रुसले यसको पहिलो खेप उत्पादन गरिसकेको जनाएको छ।

    यसको केही घण्टाअघि रुसको स्वास्थ्य मन्त्रालयले आफ्नो मुलुकले कोरोना खोप उत्पादन सुरु गरेको जानकारी दिएको थियो।

    यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आइसक्ने रुसले जनाएको छ।

    तेस्रो चरणको परीक्षण गर्नुअघि नै खोपलाई रुसी स्वास्थ्य मन्त्रालयले स्वीकृति दिइसकेको छ। तेस्रो चरणको परीक्षणमा हजारौं मानिसले खोप लगाउनेछन्। खोप उत्पादनको अनुमतिका लागि यो चरण महत्वपूर्ण मानिन्छ।

    रुसले खोपको नाम स्पुतनिक राखेको छ। यो विश्वमा सबैभन्दा पहिले ऊ आफैंले बनाएको उपग्रहको नाम हो। त्यसैको सम्मान खोपको नाम पनि त्यही राखेको हो।

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएका कोरोनाविरुद्धको खोप सबै दृष्टिले सुरक्षित र प्रभावकारी प्रमाणित भएको, आफ्नो छोरीले समेत लगाउँदा राम्रो परिणाम देखिएको दाबी गरेका छन्।

    न्युज एजेन्सी इन्टरफेक्सका अनुसार खोप विकास गर्ने कम्पनी मस्कोस्थित ग्यामलाई इन्स्टिच्युटले डिसेम्बर–जनवरीसम्ममा मासिक ५० लाख डोज उत्पादन थालिने जनाएको छ।

    कतिपय देशका वैज्ञानिकले भने सबैभन्दा पहिले खोप निकाल्ने चक्करमा रुसले यसका कतिपय मापदण्ड पूरा नगरेको भन्दै शंका व्यक्त गरिरहेका छन्। तर रुसले त्यसलाई ‘पूरै आधारहीन’ भनेर खण्डन गरिसकेको छ।

    पछिल्लो समय अमोरिकाले समेत रुसले बनाएको खोपले काम गर्ने विश्वास व्यक्त गरेको छ।
    एजेन्सी

  • सम्बन्धित विषय:

  • # कोरोना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology