Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली र म एउटै समूहबाट लडे पनि यसपटक म उहाँलाई अध्यक्षमा छाड्दिनँ : रावल

ओली र म एउटै समूहबाट लडे पनि यसपटक म उहाँलाई अध्यक्षमा छाड्दिनँ : रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७८ शुक्रवार • ११:००:०१ बजे
  • 1.6K
    SHARES
  • ओली र म एउटै समूहबाट लडे पनि यसपटक म उहाँलाई अध्यक्षमा छाड्दिनँ : रावल

    नेकपा एमालेका उपाध्यक्ष डा.भीमबहादुर रावलले आजदेखि चितवनमा हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेका बेला रावलले आफू उम्मेदवारीबाट पछि नहट्ने बताउँदै आएका छन् । एमाले उपाध्यक्ष रावलसँग गरिएको कुराकानीको सम्पादित अंशः

    images

    तपाईंको उम्मेदवारी किन ? तपाई किन केपी ओलीको विकल्प ?


    मैले कुनै व्यक्तिको विरोधभन्दा पनि मेरो १२ वटा लक्ष्य/उद्देश्य र १५ वटा मान्यताका आधारमा यो पार्टीलाई नेतृत्व गर्न अत्यावश्यक भएको देखे । राष्ट्रिय, स्वतन्त्रता, स्वाधीनता, समृद्धिको दिशामा देशको राष्ट्रिय राजनीतिलाई सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसको नेतृत्व गर्न म अग्रसर भएको छु ।

    उम्मेदवारी घोषणापछि पार्टी पंक्ति, नेता कार्यकर्ताबाट कस्तो रेस्पोन्स पाउनुभएको छ ?


    एमालेका कार्यकर्ताहरुले जनताको बहुदलीय जनवादअन्तर्गत राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, पार्टीलाई विधि पद्धतिबाट चलाउने कुरामा जहिले पनि साथ दिँदै आउनुभएको छ । अहिले पनि उहाँहरुले साथ दिनुहुन्छ भन्ने मेरो विश्वास छ ।

    तपाईंको उम्मेदवारीमा अध्यक्ष ओलीको प्रतिक्रिया केही पाउनुभएको छ ?


    मैले उहाँको कुनै प्रतिक्रिया पाएको छैन । केही दिनअघि उहाँले यो बोझ राख्नुस् भनेकोमा माया देखाउनुभयो भन्नुभयो । यो कुरा भनेको उहाँलाई मेरो धन्यवाद छ । अरु थप व्यक्तिगत कुराहरु केही भएको छैन ।

    उहाँले उम्मेदवारी दिनेले परिणामको ख्याल गर्नुपर्छ भन्नुभएको रहेछ नि ?
    होइन परिणाम त उम्मेदवारी हुँदा सबैले पहिले भन्न सक्दैन । उहाँ हामीले धेरै चुनाव लडेका छौं । हारेका छौं । जितेका छौं । अब पहिल्यै कसको परिणाम के आउँछ भनेर मानापाथी भरेर उम्मेदवारी दिने कसले गरेको छ ? आठौं महाधिवेशनबाट उहाँ र म एउटै समूहबाट लडेको हो । दुइटै हारेको हो । अब यो मानापाथी भरेजस्तो हुँदैन । राजनीतिक मान्यतामा, आफ्ना विचारमा, आफ्नो कार्यक्रम नीतिमा उभिएर दृढतापूर्वक उम्मेदवारी हुन्छ ।

    तपाईंको उम्मेदवारी बार्गेनिङका लागि हो भन्ने विश्लेषण पनि छ । अध्यक्षबाहेक सबै पदमा सर्वसम्मत भयो भने के गर्नुहुन्छ ? अध्यक्ष छोड्नुहुन्छ ?
    यो मलाई थाहा छैन । हाम्रो पार्टीको कुनै कमिटी वा संस्थागत रूपमा यस विषयमा कुनै छलफल भएको छैन । मलाई लाग्छ यो व्यक्ति व्यक्ति बीचको मनको चर्चा होला ।

    भनेपछि यो सम्भावना छैन ?


    होइन, यो मलाई छलफलमा आएको जानकारी छैन ।

    तपाईं अध्यक्षमा उठ्दै गर्दा पार्टीभित्रको असन्तुष्ट समूह वा १० भाइलाई कसरी समेटेर लानुहुन्छ ?


    यो १० भाइको कुरामात्र होइन । व्यापक पार्टी पंक्तिलाई राष्ट्र र जनताको हितमा परिचालनको कुरा हो । १० बुँदे सहमतिका साथीहरू मात्र होइन सम्पूर्ण पार्टी पंक्ति नै अब एउटा नेतृत्वको रूपान्तरण र परिवर्तनको दिशामा अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा हो ।

    तपाईं अध्यक्ष हुनुभयो भने पार्टीलाई कसरी अगाडि लैजानुहुन्छ ?


    मेरा १२ वटा उद्देश्य/लक्ष्य र १५ वटा मान्यताका आधारमा यो राष्ट्रलाई आफ्नो खुट्टामा उचिन सक्ने, आफ्नोबारेमा आफै निर्णय गर्न सक्ने, पार्टीलाई लोकतान्त्रिक विधि प्रणालीबाट कूटनीतिबाट सञ्चालन गर्ने र जनताको बहुदलीय जनवादअन्तर्गत जे कुरा भनेका छौं ती कुराहरूलाई समेत ध्यानमा राखेर पार्टीलाई अगाडि बढाउँछौं ।

    अन्तिममा महाधिवेशनमा आएका प्रतिनिधिलाई के भन्न चाहनुहुन्छ ?


    म सर्वप्रथम सम्पूर्ण प्रतिनिधिलाई बधाई तथा स्वागत गर्न चाहन्छु । उहाँहरूलाई पार्टीको परम्परा, पद्धति, प्रणालीअनुरूप अघि बढ्न र दृढतापूर्वक मलाई मत दिन हार्दिक अनुरोध गर्दछु ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology