Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

नेपाली कांग्रेसले ४० भन्दा बढी जिल्लामा आज जिल्ला अधिवेशन गर्दै

नेपाली कांग्रेसले ४० भन्दा बढी जिल्लामा आज जिल्ला अधिवेशन गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७८ शुक्रवार • ११:०५:२३ बजे
  • 385
    SHARES
  • नेपाली कांग्रेसले ४० भन्दा बढी जिल्लामा आज जिल्ला अधिवेशन गर्दै

    देशमा अहिले राजनीति सरगर्मी बढेको छ । सत्तारुढ नेपाली कांग्रेस, प्रमुख प्रतिपक्ष एमाले र राप्रपा महाधिवेशनमा जुटेका छन् । एमालेको १०औं महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ भने राप्रपाको १५ मंसिरमा काठमाडौंमा हुनेछ ।

    images

    एमालेको महाधिवेशन उदघाटनकै दिन नेपाली कांग्रेसले ४० भन्दा बढी जिल्लामा आज जिल्ला अधिवेशन गर्दैछ । धेरै जिल्लामा आज मनोनयन दर्ता र भोलि चुनाव हुँदैछ । चितवनमा भने एमाले महाधिवेशनका कारण कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ । कांग्रेसको ३२ जिल्लामा अधिवेशन सम्पन्न भई नेतृत्वसमेत छनोट भइसकेको छ ।

    निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिए । हालसम्म ३१ जिल्लामा अधिवेशन सम्पन्न भएकामा १६ जिल्लामा सभापति शेरबहादुर देउवा र १४ जिल्लामा नेता रामचन्द्र पौडेल पक्षले जित हात पारेको छ ।

    आज हुन गइरहेका अधिकांश जिल्लामा पनि संस्थापन र इतर समूह प्यानल बनाएर चुनाव लडिरहेका छन् । ललितपुर, कैलालीलगायतका जिल्लामा भने संस्थापन समूहकै दुई प्यानल देखिएको छ ।

    काठमाडौंमा कृष्ण सबुज बानियाँ र उपेन्द्र कार्कीको दुई प्यानल, ललितपुरमा रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्र श्रेष्ठको तीन प्यानल चुनावी मैदानमा देखिएका छन् ।

    प्रदेश २ का जिल्लामा भने उपसभापति विमलेन्द्र निधि, सभापति देउवा र नेता पौडेलको प्यानल बन्ने देखिएको छ । कांग्रेसको विधानअनुसार पार्टीका जिल्ला कार्यसमितिमा सभापति, दुई जना उपसभापति दुई जना सचिव र दुई जना सहसचिव निर्वाचित हुने प्रावधान छ । जिल्ला कार्यसमितिका सबै पदाधिकारी निर्वाचनको माध्यमबाट चुनिने व्यवस्था छ ।

    कोषाध्यक्ष भने पार्टीको जिल्ला सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनित गर्ने प्रावधान छ । सदस्य निर्वाचन क्षेत्रका आधारमा कार्यसमितिमा चयन हुनेछ । पार्टीका जिल्ला सभापतिमा निर्वाचित विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ ।

    सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारका बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् तर पहिलो पटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुने प्रावधान छ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेसले ४०
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology