Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अफ्रिकामा नयाँ भेरिअन्टको कोरोना फैलिरहेको बैज्ञानिकहरुको दावी

अफ्रिकामा नयाँ भेरिअन्टको कोरोना फैलिरहेको बैज्ञानिकहरुको दावी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७८ शुक्रवार • ११:१३:०९ बजे
  • 766
    SHARES
  • अफ्रिकामा नयाँ भेरिअन्टको कोरोना फैलिरहेको बैज्ञानिकहरुको दावी

    दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र रुपमा फैलिरहेको पत्तो लागेको छ ।

    images

    बीबीसीका अनुसार त्यहाँका बैज्ञानिकहरुले यसबारे भर्खरै पत्तो लगाएका हुन् । उनीहरुले कोरोनाको उत्परिवर्तन धेरै सङ्ख्यामा भइरहेको बताएका छन् ।

    बैज्ञानिकहरुले अहिले प्रतिपादित खोपहरूले उत्परिवर्तित भइरहेका भाइरसविरुद्ध प्रभावकारी हुन नसक्ने पनि उनीहरुले दावी गरेका छन् ।

    यसअघिको कोरोना भाइरसभन्दा यो घातक हो या होइन भन्नेबारेमा भने थप तथ्य खुल्न बाँकी नै रहेको उनीहरुले बताएका छन् । यसबारे विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ ।

    उक्त विषयमा छलफल गर्न विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले पनि दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफल शुक्रवार नै गर्ने बताएका छन् ।

    यो सँगै बेलायतले दक्षिण अफ्रिकाका छ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको बीबीसीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology