नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आज सुरु हुँदैछ । मंसिर १२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन आज मध्यान्ह १२ बजे नारायणी किनारमा उद्घाटन हुँदैछ ।
महाधिवेशनको लागि देशरभबाट कार्यकर्ताहरुलाई चितवन आइरहेका छन् । महाधिवेशनको लागि आएका कार्यकर्ताहरु नारायणगढका गल्ली गल्लीमा देखिएका छन् ।
विभिन्न ठाउँबाट र्याली निस्किन थालेको छ । महाधिवेशनको रौनकतासँगै चितवन केपी ओलीमय भएको छ । यसअघि विधान महाधिवेशनमा पानीको बोटलमा समेत छाएका ओली १०औँ महाधिवेशनमा माक्स र टोपीमा छाएका छन् ।
केही व्यापारिक समूहले केपी ओलीको तस्बिर अंकित मास्क छापेका हुन् । उनीहरूले एमालेकै कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुन आउनेहरुलाई टोपी र मास्क बेचिरहेका छन् ।
महाधिवेशन अंकित क्याप २०० रुपैयाँमा बिक्री गरिरहेका छन् भने पाँच रुपैयाँ पर्ने मास्क ५० रुपैयाँमा बेचिरहेका छन् ।