Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महिला बिरामी सँग यौन सम्पर्क गर्न खोज्ने चिकित्सक निर्वस्त्र पक्राउ

महिला बिरामी सँग यौन सम्पर्क गर्न खोज्ने चिकित्सक निर्वस्त्र पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७८ शुक्रवार • १४:१०:४८ बजे
  • 748
    SHARES
  • महिला बिरामी सँग यौन सम्पर्क गर्न खोज्ने चिकित्सक निर्वस्त्र पक्राउ

    एजेन्सी । इटालीका एक चिकित्सक महिला बिरामीलाई यौन सम्पर्क गर्न कर गर्ने क्रममा अर्धनग्न अवस्थामा पक्राउ परेका छन् ।

    images

    ६० वर्षीय डा.जिओभियानी मिनिलो बिरामीसँग जबरजस्ती यौन सम्पर्क गर्न खोजेको आरोपमा पक्राउ परेका हुन् । गाइनोलोजिस्टसमेत रहेका उनले यौन सम्पर्कपछि महिलाको रोग निको हुने दाबी गर्दै युवतीलाई ‘सेक्स’ गर्न कर गरेका थिए । रोग उपचार गर्न गएकी युवती एक नायिका भएको बुझिएको छ ।

    ती चिकित्सकका अनुसार उनी पापिलोमाभाइरस (एचपीभी)बाट पीडित थिइन् । यो भाइरस यौन सम्पर्कका कारण सर्छ र कालान्तरमा क्यान्सर बनाउँछ । भाइरसका लागि प्रतिरोध क्षमता आवश्यक पर्ने भएकोले भन्दै उनले यौन सम्पर्क गर्न कर गरेका थिए ।

    यौन सम्पर्कबाट भाइरसविरुद्ध लड्ने रोग प्रतिरोध क्षमता बढ्ने उनको दाबी थियो । ३३ वर्षीया पीडितले उजुरी दिएपछि चिकित्सक अनुसन्धानको घेरामा तानिएका थिए । अस्पताल कक्षको एउटा सीसी टिभीको फुटेजमा ती चिकित्सक सर्ट र पाईन्ट खोलेर अन्ना मारिअ नाम गरेकी महिलाको नितम्ब समाएको देखिन्छन् ।

    जति प्रयास गर्दा पनि गर्भ नरहेपछि युवतीले मिनिलोकहाँ परीक्षण गर्न गएकी थिइन् । परीक्षणपछि ती चिकित्सकले महिलामा एचपीभीको लक्षण देखिएको बताएका थिए ।

    ‘मैले धेरै महिलालाई क्यान्सरबाट जोगाएको छु । मैलै उनीहरुसँग यौन सम्पर्क गरेपछि बिरामीको एचपीभी नेगेटिभ देखिएको थियो,’ ती चिकित्सकले महिलालाई भनेका थिए ।

    चिकित्सकले आफ्नो स्तनलगायत संवेदनशिल अंग छोएको बताएकी छिन् । उनले आफूलाई साना स्तन मन पर्ने महिलालाई बताएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology