Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रिमोट थिचेर झण्डोलोत्तन गर्दै ओलीद्वारा महाधिवेशन उद्घाटन

रिमोट थिचेर झण्डोलोत्तन गर्दै ओलीद्वारा महाधिवेशन उद्घाटन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७८ शुक्रवार • १४:१४:५७ बजे
  • 694
    SHARES
  • रिमोट थिचेर झण्डोलोत्तन गर्दै ओलीद्वारा महाधिवेशन उद्घाटन

    नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन भएको छ । चितवनको नारायणी नदी किनारमा भव्य समारोहमाझ एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर झण्डोलोत्तन गर्दै महाधिवेशनको उद्घाटन गरेका हुन् ।

    images

    रिमोटमार्फत ओलीले आफ्नो पार्टीको झन्डाका साथै राष्ट्रिय झण्डा र पार्टीको चुनाव चिन्ह अंकित झण्डाको उत्तोलन गरेका हुन् ।

    अहिले उद्घाटन सत्र चलिरहेको छ । यसका लागि एमाले नेता तथा कार्यकर्ताहरु र अतिथिहरु चितवनमा भेला भएका छन् ।

    महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका छन् । उद्घाटनपछि मञ्चमा निम्त्याइएका प्रमख राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य दिने क्रम जारी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology