Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजा बन्न खोजेका केपी ओलीले कम्युनिष्ट सिद्धान्तलाई नारायणी नदिमा लगेर तिलाञ्जली दिए:होम बुढाथोकी

राजा बन्न खोजेका केपी ओलीले कम्युनिष्ट सिद्धान्तलाई नारायणी नदिमा लगेर तिलाञ्जली दिए:होम बुढाथोकी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७८ शुक्रवार • १७:४५:२५ बजे
  • 1.7K
    SHARES
  • राजा बन्न खोजेका केपी ओलीले कम्युनिष्ट सिद्धान्तलाई नारायणी नदिमा लगेर तिलाञ्जली दिए:होम बुढाथोकी

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य होम बुढाथोकीले केपी ओलीले कम्युनिष्ट सिद्धान्तलाई नारायणी नदिमा लगेर तिलाञ्जली दिएको बताएका छन् ।

    images

    उनले गृहजिल्ला रामेछापमा समाजवादीको संगठन विस्तार अभियानमा सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । उनले भने, ‘देशको सबैभन्दा ठुलो पार्टी नेकपा विभाजन गरेर ।

    त्यसपछि एमाले पनि विभाजन गरेर आज नारायणी नदिमा लगेर कम्युनिष्ट सिद्धान्तलाई तिलाञ्जली दिदै छन् ।’ उनले अब ओलीले नेतृत्व गरेको एमाले कम्युनिष्ट पार्टी नरहेको बताए ।

    उनले अहिले आफूहरु कम्युनिष्ट विरोधी ओलीसँग विद्रोह गरेर आएको भन्दै रामेछापेली जनताले हिजो दिएको भोट लुटिएकाले त्यसको क्षमा माग्दै जनतासँग रहन आएको बताए ।

    उनले कम्युनिष्टलाई एक बनाएर जनतालाई झुक्याएर मत मागेर आफू राजा बन्न खोजेको आरोप लगाए । उनले ओलीले जनताको कुराभन्दा पनि आफू राजा बन्ने र शासन गर्ने मनोवृद्धि भएको कारण नेकपा विभाजन गरेर हिडेको बताए ।

    उनले ओलीलाई गुन्डा नाइके भएको आरोप लगाए । उनले भने, ‘अहिले देश गुन्डामय भएको छ, ओली त्यसको मुख्य कमान्डर भएर हिडेको छ ।’ ओली जाली झेल र षड्यन्त्रकारी भएको भन्दै अब जनताले ओलीको प्रतिरोध गर्नु पर्ने समेत बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology