नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हाल उपमहासचिव रहेका भुसालले आफ्नो दाबी उपाध्यक्षमा रहेको जनाएका हुन् ।
उनले चार उपाध्यक्ष मध्ये एकमा उम्मेदवारी घोषणा गरेका छन् । आज शुक्रबार उद्घाटन भएकाे एमालेकाे महाधिवेशनकाे भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ ।
बन्दसत्रअघि सहमति जुटाउने प्रयासका लागि सौराहस्थित जंगल क्राउन होटेलमा ८ बजेदेखि केन्द्रीय कमिटीको बैठक डाकिएको छ ।
निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान हुनेछ।