Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज नेकपा माओवादी केन्द्रको ७५३ स्थानीय तहमा सम्मेलन

आज नेकपा माओवादी केन्द्रको ७५३ स्थानीय तहमा सम्मेलन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • ०८:४८:२७ बजे
  • 1.5K
    SHARES
  • आज नेकपा माओवादी केन्द्रको ७५३ स्थानीय तहमा सम्मेलन

    सत्ता घटक नेकपा (माओवादी केन्द्र) लाई पनि आन्तरिक चुनाव लागेको छ ।

    images

    प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेस जिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो ।

    माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो । आज ७५३ वटा स्थानीय तहमा अधिवेशन गर्ने भएको छ। त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ ।

    सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपराह्न १ बजे भर्चुअल’ माध्यमबाट सम्बोधन गर्ने छन् । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताए ।

    प्रदेश सम्मेलन २५ मंसिरमा हुनेछ । माओवादीले ११–१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology