Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि

मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • १०:३९:२३ बजे
  • 484
    SHARES
  • मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि

    मनाङको ङिस्याङ–१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको सात सय ३५ रोपनीमा स्याउ फलेको छ ।

    images

    एग्रो मनाङ प्रा.लि.का अध्यक्ष समराज गुरुङले अहिले ‘गोल्डेन’ र ‘फुजी’ जातको स्याउ टिप्न थालिएको जानकारी दिए । ‘गाला’, ‘गोल्डेन’, ‘फुजी’ जातका स्याउ लगाइएको यो फार्ममा अघिल्लो वर्ष चार सय मेट्रिक टन स्याउ फलेको थियो ।

    यस वर्ष पाँच सय मेट्रिक टन अर्थात् १० प्रतिशत बढी स्याउ उत्पादन हुने अनुमान गरिएको छ । मनाङका संघीय सांसद एवं एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङका अनुसार मनाङबाट नेपालमा स्याउ खेतीमा एउटा क्रान्तिको सुरु भएको छ ।

    अहिले मनाङबाट काठमाडौ, पोखरा मात्रै नभएर तराईसम्म सडक पहुँच पुगेको छ । यसले गर्दा मनाङको स्याउले बजार पाउन थालेको छ ।

    ‘हिजो धेरै स्याउ फल्ने थिएन । त्यो पनि मनाङमै खपत हुन्थ्यो । केही ठाउँमा मदिरा बनाइन्थ्यो । अहिले सडक बनेपछि काठमाडौंका तारे होटलसहित तराईमा मनाङको स्याउ पुगेको छ,’ उनले भने ।

    मनाङमा उत्पादित स्याउ लमजुङको बेसीसहर हुँदै पोखरा, चितवन र काठमाडौंसम्म खपत हुने गरेको गुरुङले जानकारी दिए ।

    समुद्री सतहदेखि २ हजार ९४० मिटर उचाइको भ्राताङमा इटाली र सर्भियाबाट स्याउ बोट ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत स्याउ फलाएको ६ वर्ष भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # मनाङमा स्याउ उत्पादन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology