Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’थपियाे : डब्ल्यूएचओ

कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’थपियाे : डब्ल्यूएचओ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • ११:१२:५७ बजे
  • 802
    SHARES
  • कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’थपियाे : डब्ल्यूएचओ

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ भेरियन्टले थप चिन्तित बनाएको बताएको छ ।

    images

    दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट निकै खतरनाक भएको भन्दै डब्ल्यूएचओले थप चिन्ता थपिएको बताएको बीबीसीले जनाएको छ। नयाँ भेरियन्टलाई डब्ल्यूएचओले 'ओमिक्रोन' नाम दिएको छ ।

    दक्षिण अफ्रिकामा गएको बुधवार पुष्टि भएको ओमिक्रोन भेरियन्ट बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ । नयाँ भेरियन्ट देखिएपछि धेरैजसो देशले दक्षिण अफ्रिकासँगको हवाई सम्बन्धविच्छेद गरेका छन् ।

    डब्ल्यूएचओले नयाँ भेरियन्टको सङ्क्रमणको प्रभाव बुझ्न अझै केही हप्ता लाग्ने बताएको छ । अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीले नयाँ भेरियन्टले थप खतराको सङ्केत गरे पनि यसको समाधान निकाल्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

    नयाँ भेरियन्टले सङ्क्रमणदर बढाउने र खोपको प्रभावकारिता कम हुन सक्ने भन्दै वैज्ञानिक चिन्तित बनेको खबरमा उल्लेख छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology