Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या

उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • १२:०४:१७ बजे
  • 829
    SHARES
  • उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या

    भारतको उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या भएको छ ।

    images

    प्रयागराजको मोहनजङ्ग गोवरी गाउँमा हिजो एकै परिवारका चार जनाको बन्चरो प्रहार गरी हत्या भएको बीबीसीले जनाएको छ ।

    परिवारको हत्या अघि बालिकामाथि सामूहिक बलात्कार पनि भएको आफन्तजनले आरोप लगाएका छन् । उनीहरुले बालिकामाथि बलात्कार पछि परिवारका चार जनाको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

    जग्गाको विषयमा गाउँकै केही व्यक्तिसँग विवाद हुँदा त्यतिबेला पनि दलित परिवारमाथि कुटपिट भएको थियो । कुटपिट र ज्यान मार्ने धम्कीको विषयमा पहिले नै प्रहरीमा उजुरी दिए पनि कुनै सुनुवाइ नभएको र हिजो चार जनाको हत्या भएको आफन्तले बताएका छन् ।

    प्रहरी र अभियुक्तको मिलेमतोमा घटना भएको भन्दै उनीहरुले निष्पक्ष छानबिनको माग गरेका छन् । यस्तै, भारतीय कांग्रेसले घटनाको विरोध गरेको छ । उत्तर प्रदेश कांग्रेसले ट्वीट गर्दै प्रहरीकै कारण दलित परिवारको हत्या भएको आरोप लगाएको छ ।

    कांग्रेसकी महासचिव प्रियङ्का गान्धीले पीडित परिवारसँग भेटेर न्याय दिलाउन पहल गर्ने आश्वासन दिनुभएको छ । उहाँले उत्तर प्रदेशमा सरकारले नै कानुनी राज्यको धज्जी उडाइरहेको र दलित तथा गरिब परिवारमाथि सरकारकै संरक्षणमा हमला भइरहेको आरोप लगाउनुभएको छ।

  • सम्बन्धित विषय:

  • # चार जनाको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology