Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेम्वाङलाई उपराष्ट्रपति बन्न ओलीको प्रस्ताव

नेम्वाङलाई उपराष्ट्रपति बन्न ओलीको प्रस्ताव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • १२:४२:४४ बजे
  • 703
    SHARES
  • नेम्वाङलाई उपराष्ट्रपति बन्न ओलीको प्रस्ताव

    नेकपा (एमले) अध्यक्ष केपी शर्मा ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् ।

    images

    जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ ।

    शुक्रबार महाधिवेशन स्थलमा बसेको केन्द्रीय कमिटीले थपेको पदाधिकारीमा कुन व्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगो ओलीले सफारी पार्कबाट लगाउने भएका छन् ।

    ओली बसेको होटल सफारी पार्कमै अहिले पदाधिकारी बैठक बस्दै छ । जसकारण बन्दसत्र अझै लम्बिने देखिएको छ । शनिबार बिहान १० बजे सेभन स्टारमा सुरू हुने भनिएको बन्दसत्र साढे ११ बजिसक्दा पनि सुरू भएको छैन ।

    प्रतिनिधिहरू सबै ओलीलाई कुरिरहेका छन् । हिजो पनि ८ बजे केन्द्रीय कमिटी बोलाएर ओली राति ११ बजे पुगेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology