Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नविना लामाको घोषणा

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नविना लामाको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • १२:४८:०४ बजे
  • 616
    SHARES
  • केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नविना लामाको घोषणा

    नेकपा (एमाले)को केन्द्रीय सदस्यमा नविना लामाले पनि उम्मेदवारी दिने घोाषणा गरेकी छन् ।

    images

    प्रतिनिधिसभा सदस्य एवम् अनेरास्ववियूकी पूर्वअध्यक्षसमेत रहेकी लामाले दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा आफ्नो पनि दाबी रहेको बताएकी छन् ।

    लामाले विद्यार्थी राजनीतिबाट पार्टीमा दिएको योगदानको सबैले मूल्याङ्कन गरेको विश्वास व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरुको साथ पाउनेमा आशावादी भएको बताइन् ।

    उनले पार्टी केन्द्रीय कमिटीको सदस्यका लागि योग्य भएको बताउँदै पार्टी आन्दोलनलाई साथ दिएका महिलाहरु अब केन्द्रीय कमिटीमा आउनुपर्नेमा जोड दिइन् ।

    “१२ वर्षको उमेरदेखि आजको दिनसम्म पार्टीमा निरन्तर इमानदारितापूर्वक काम गरिरहेको छु । पार्टीका लागि ज्यान बाजी मारेर आन्दोलन सफल बनाउन आफ्नो ठाउँबाट भूमिका खेलियो,” लामाले भनिन्,“त्यसैले म पार्टीको केन्द्रीय सदस्यका लागि योग्य छु ।

    वर्तमान राजनीतिका लागि आवश्यक पनि छ । हामी जतिको महिलाहरु पार्टीमा आएन भने को आउने ? त्यसैले सबै प्रतिनिधिहरुले मलाई माया गर्नुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छु ।”

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology