Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संविधान र गणतन्त्र उल्ट्याउने ओलीको षड्यन्त्र थियो : प्रचण्ड

संविधान र गणतन्त्र उल्ट्याउने ओलीको षड्यन्त्र थियो : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • १५:२५:४५ बजे
  • 1.6K
    SHARES
  • संविधान र गणतन्त्र उल्ट्याउने ओलीको षड्यन्त्र थियो : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुईपटक संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने षड्यन्त्रको अंगका रुपमा अगाडि आएको बताएका छन् ।

    images

    माओवादीको पालिका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रचण्डले ओली देशभित्र र बाहिरका शक्तिसँग मिलेर षड्यन्त्रमा लागेको बताए । “प्रतिनिधिसभा विघटन गरेर संविधानसँगै गणतन्त्र, संघीयता, समावेशिता र समानुपातिक व्यवस्था उल्ट्याउने षड्यन्त्र थियो ।

    यो ओली गुटको मात्रै थिएन उनलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीले साथ दिएका थिए । संसद् विघटन संविधान उल्ट्याउने षड्यन्त्रको अंग थियो,” प्रचण्डले भने ।

    ओलीले तत्कालीन नेकपामा अल्पमतमा परेपछि विदेशी शक्तिका साथै मुलुकका संवैधानिक निकायहरुको दुरुपयोग गरेको प्रचण्डको भनाइ थियो । “वैदेशिक शक्तिका साथै देशभित्रका संवैधानिक निकायहरुको दुरुपययोग गरेर पार्टी विभाजनको कृत्रिम नाटक गरियो ।

    दुईवटा पार्टी फेरि पुरानै ठाउँमा गएको भनियो,” प्रचण्डको भनाइ थियो । २०७५ सालमा माओवादी र एमालेबीच एकता हुँदाका बखतको समझदारी ओलीले अस्वीकार गर्दा समस्य उत्पन्न भएको पनि प्रचण्डले बताए ।

    प्रचण्डले चितवनको सौराहामा जारी एमालेको महाधिवेशनलाई ‘कुम्भमेला’को संज्ञा दिँदै माओवादी सम्मेलन त्योभन्दा फरक हुने दाबी गरेका छन् ।

    उनले पार्टीको हेडक्वार्टरमा सुझाव र आलोचना पठाएर राष्ट्रिय सम्मेलनलाई वैचाकिर संश्लेषणको थलो बनाउन कार्यकर्तालाई आग्रह गरे । “अरु कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन् । हिजो हामीले एउटा कुम्भमेला देख्यौँ । त्यहाँ विचारलाई कुनै ठाउँ छैन ।

    भ्रम दिने कोशिष मात्रै छ । तथाकथित अधिवेशन हो त्यो । तीभन्दा भिन्न विचारलाई संगठनात्मक आचारण व्यहारलाई ध्यान दिनेछौँ । ती तथाकथित अधिवेशन र हाम्रो विचार संस्लेषणको अभियानमा कुनै तुलना हुँदैन,” उनले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology