Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गायिकी क्षमता र वाक् शैलीप्रति म वान साइड लभमा छु:मुख्यमन्त्री राई

गायिकी क्षमता र वाक् शैलीप्रति म वान साइड लभमा छु:मुख्यमन्त्री राई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • १७:४४:२५ बजे
  • 991
    SHARES
  • गायिकी क्षमता र वाक् शैलीप्रति म वान साइड लभमा छु:मुख्यमन्त्री राई

    प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको बताएका छन् ।

    images

    झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार मुख्यमन्त्री राईले गायिका रचनाको गायिकी क्षमता र वाक् शैलीप्रति आफू वान साइड लभमा परेको बताएका हुन् ।

    ’झापाकी गायिका रचना रिमालप्रति म वान साइड लभमा छु’, उनले भने, ‘उनको गायिकी क्षमताको प्रेममा परेको हुँ ।’

    रचनाको जबाफ दिने शैलीको तारिफ गर्दै मुख्यमन्त्री राईले भने, ’अन्तर्वार्ता लिँदा तपाईं कसलाई मन पराउनु हुन्छ भनेर सोध्दा रचनाले म तपाईंलाई मन पराउँछु भनेर जबाफ दिन्छिन् ।’

    नेपाली गीतसंगीतप्रति चासो र चिन्ता रहेको बताउँदै उनले विभिन्न कलाकारको क्षमताबारे बताए ।

    गायक प्रेमराजा महतले पानको पात’ बोलको गीत गाउँदा नायिका रिमालसहित गायक प्रमोद खरेल, नायिकाद्वय केकी अधिकारी र वर्षा राउत, शंकर विसीलगायत कलाकारसँग मुख्यमन्त्री राई नाचेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology