Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल कम्युनिष्ट पार्टी

उपाध्यक्ष बामदेव गौतमलाई उपप्रधानमन्त्री बनाउने तयारी

उपाध्यक्ष बामदेव गौतमलाई उपप्रधानमन्त्री बनाउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३२, २०७७ आइतवार • १५:५५:०१ बजे
  • 2.8K
    SHARES
  • उपाध्यक्ष बामदेव गौतमलाई  उपप्रधानमन्त्री बनाउने तयारी
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच मन्त्रिमण्डल पुनर्गठनका लागि तयार भएका छन् ।.

    अध्यक्षद्वयबीच मन्त्रिमण्डलका सदस्य परिवर्तनका विषयमा सहमति जुटेको स्रोतको दावी छ ।  अध्यक्षद्वयबीच कार्यदलको प्रतिवेदन आएसँगै मन्त्रिमण्डल पुनर्गठन गर्ने वा एकहप्तापछि गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । दुई वर्ष पुगेका सबैजना परिवर्तन गर्ने वा प्राथमिकताका आधारमा कम्तिमा १० जना परिवर्तन गर्ने भन्ने विषय भने टुंगो लागेको छैन ।

    पूर्वप्रधानमन्त्रीबाहेक सचिवालयका सबैजनालाई मन्त्रिपरिषदमा लैजाने तयारी भएपनि नयाँ मन्त्रीकोरुपमा सचिवालयका दुईजनाको नाम चर्चामा छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश' र महासचिव विष्णु पौडेल नयाँ मन्त्री बन्ने चर्चामा छन् । त्यस्तै भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतका नेताहरु मन्त्री बन्ने एक नेताले जानकारी दिए ।

    राष्ट्रियसभा सदस्यमा मनोनित गरेर भएपनि उपाध्यक्ष बामदेव गौतमलाई दोस्रो वरियतामा उपप्रधानमन्त्री बनाउने तयारी गरिएको छ । त्यसका लागि नेताहरु कानुनी परामर्शमा लागेका छन् ।

    शक्ति सन्तुलनका लागि केही मुख्यमन्त्री परिवर्तन गर्नेगरी गृहकार्य सुरु भएको छ । वागमती, प्रदेश ५ र प्रदेश १ मध्ये दुईवटा प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनसक्ने स्रोतको दावी छ । नेकपाभित्र सबै प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने विषयमा पनि छलफल चलिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology