नेकपा एमालेको १० औं महाधिवेशन अन्तरगत जारी बन्द सत्रमा ओलीले लोकतन्त्रको भविष्य आफ्नो पार्टीका कार्यकर्ताको हातमा सुरक्षित रहेको बताएका छन् ।
यस्तै ओलीले ‘मानिसको जिन्दगीको टुंगो हुँदैन । म त झन् धेरैपटक मरेर बाँचेको हुँ । धेरैपटक अपरेशन गरेको शरीर हो । त्यसैले कति बाँच्छु थाहा छैन ।
तर मलाई मिठो निद्रा लाग्छ, खाना रुच्छ, जब तपाइहरुलाई अगाडि देख्छु ।’ ओलीले भने, ‘तपाईंहरुको हातमा देशको भविष्य सुरक्षित देख्छु । आन्दोलनको भविष्य सुरक्षित देख्छु । समृद्धिको यात्रा सुरक्षित देख्छु, त्यसैले ढुक्क भएर सुत्न सक्छु ।’
यस्तै उनले आफ्नो कार्यकर्ताले साथ नदिएको भए पार्टीको आवस्था बेला हुने स्थितीमा पनि पुगेको उल्लेख छ । ‘म आफूलाई गौरवान्वित महसुस गर्छु कि अध्यक्षको रुपमा तपाईंहरुलाई लिड गर्ने मौका पाएको छु । तपाईंहरुले साथ नदिएको भए यो पार्टीको बेहाल हुने थियो,’ ओलीले भने ।
अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा भएको बताए । राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए ।
शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको भन्दै यो क्रम अघि वढे लोकतन्त्रका लागि खतरा हुने बताए । एमाले यस्तो वस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको बताए ।