Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाको नयाँ भेरियन्ट भेटिएपछि न्युयोर्कमा संकटकाल घोषणा

कोरोनाको नयाँ भेरियन्ट भेटिएपछि न्युयोर्कमा संकटकाल घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • १८:००:०३ बजे
  • 1.1K
    SHARES
  • कोरोनाको नयाँ भेरियन्ट भेटिएपछि न्युयोर्कमा संकटकाल घोषणा

    एजेन्सी । हालसम्मकै नयाँ खतरनाक कोरोना भाइरसको भेरियन्ट भेटिएपछि अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा भएको छ ।न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेका हुन् ।

    images

    गर्भनर होचुलले भनेका छन्, ‘पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो ।’

    दक्षिण अफ्रिकामा देखा परेको नयाँ कोरोनाको भेरियन्ट न्युयोर्कमा बढिरहेको र नयाँ भेरियन्ट अझ खतरनाक रहेकाले संककटकाल लगाइएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

    गर्भनर होचुलले गरेको घोषणाअनुसार आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने गरि संकटकाल घोषणा गरिएको छ । साथै, त्यस अवधिपछि आवश्यकताअनुसार संकटकाल लम्बिन सक्ने पनि बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology