नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भुत्ते विचार बोकेर कम्युनिस्ट पार्टी नचल्ने बताएका छन् ।
शनिबार एकीकृत समाजवादी गोदावरी नगर कमिटी घोषणा तथा शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एमालेप्रतिर संकेत गर्दै भुत्ते विचार बोकेर कम्युनिस्ट पार्टी नचल्ने बतएका हुन् ।
उनाँले इतिहासप्रति फर्किदै नेकपा एमाले अध्यक्ष केपी ओलीले गुटको राजनीति गरेको आरोप लगाए । नेपालले केपीलाई ‘बा’ भन्नेहरुको मात्रै एमालेमा भविष्य रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केपी शर्मा ओलीले रेलको सपना बाँडेको आरोप लगाए । उनले घरघरमा हावाबाट ग्यास, बिजुली जस्ता सपना बाँड्दै गर्दा जनकपुरमा लिगनै नबनाई रेल ल्याएको तर्क गरे । उनले ठुलै कमिसनको खेल भएको जानकारी दिए ।
मन्त्री खतिवडाले एकै पटक सडक, अस्पताललगायत बालुवाटारमा बसेर हचुवाको तालमा गरिएको आरोप लगाए ।