Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन

माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • १८:१७:३२ बजे
  • 1.3K
    SHARES
  • माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन

    दरबाङ, ११ मंसिर । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन चयन हुनुभएको छ ।

    images

    पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्बाचित गरेको हो ।

    Maobadi Malika  (9).jpg

    कमिटीको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धीबहादुर जुग्जाली, सचिबमा धनकुमार पाईजा, सहसचिबमा शिब दर्जी र कोषाध्यक्षमा खड्ग छन्त्याल चयन हुनुभएको छ । प्रदेश प्रतिनिधीमा रेशम जुग्जाली, कुशल पौडेल, दोरण शेरचन, गौरी सेञ्चुरी, गोबिन सिउथानी र होमबहादुर रोका चयन हुनुभएको छ ।

    सर्बसम्मत कमिटी चयन भएको गाउँपालिका इञ्चार्ज कुशल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार काँग्रेस र एमालेबाट २० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    यसैगरी तुलनारायण पुनको अध्यक्षतामा ५५ सदस्यीय वाइसीएलको गाउँपालिका कमिटी चयन भएको छ । अधिबेशन शुरु हुनु अघि दरबाङको खेलमैदानदेखि बाजागाजा र नाराबाजी सहित शुरु भएको ¥यालीले दरबाङ बजार परिक्रमा गरेर छ्यारछ्यारेको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।

    सभाहलमा सहभागी नअटाएपछि बाहिर खुल्ला ठाउँमा कार्यक्रम गरिएको थियो । ७ वटै वडाबाट आएका प्रतिनिधीहरुले ¥याली गरेका थिए ।

    Maobadi Malika  (12).jpg

    अधिबेशनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले वडा र पालिका सम्मेलनले माओवादीको जागरण ल्याएको बताउनुभयो ।

    गणतन्त्र, समावेशी, संघीय ब्यवस्था माओवादी आन्दोलनको उपलब्धी भएको जनताले बुझ्न थालेको र त्यसको प्रभावकारी कार्यान्वयनमा माओवादीकै नेतृत्वको आवश्यकता महशुस भएको बताउनुभयो ।

    माओवादी केन्द्रबाट निर्बाचित ओखरबोटका वडा अध्यक्ष दिलिप शेरचनले माओवादीले ल्याएको संबिधान, गणतन्त्रको रक्षाका लागि माओवादीकै नेतृत्व आवश्यक पर्ने अहिलेको अवस्थाले देखिएको बताउनुभयो ।

    बिकास निर्माणका साथै, शुषासन र सामाजिक बिभेदका बिरुद्ध केन्द्रित बन्नुपर्ने बताउनुभयो । दोरण शेरचनको अध्यक्षता, कुशल पौडेलको सञ्चालन र गौरी सेञ्चुरीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology