Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न

माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • २०:१४:३२ बजे
  • 1.3K
    SHARES
  • माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न

    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन पाएको छ ।

    images

    सम्पन्न स्थानीय तहको अधिवेशनबाट सर्वसहमतिबाट नेतृत्व चयन भएको हो । जिल्लामा १२ वटा स्थानीय तह रहेको नेकपा माओवादी केन्द्रले शनिबार एकै दिन ९ वटा पालिकामा अधिवेशन गरेको हो ।

    जुगल गाउँपालिकामा भने शुक्रबार नै अधिवेशन सम्पन्न भइसकेको छ । दुईवटा पालिका भोटेकोसी र त्रिपुरासुन्दरी गाउँपालिकामा भने अधिवेशन हुन सकेको छैन ।

    त्रिपुरासुन्दरी गाउँपालिकामा मंसिर १२ गते र भोटेकोसी गाउँपालिकामा भने मंसिर १५ गते हुने भएको छ ।

    चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका, शुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका, बाह्रबिसे नरगपालिका र लिसंखुपाखर गाउँपालिकामा आज शनिबार सम्मेलन सम्पन्न भएको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology