नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाईसीएल नेपालका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले माओवादीलाई उत्तेजित नबनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
माओवादी केन्द्रद्वारा धादिङ्गको थाक्रे गाउपालिका प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले यो व्यवस्था माओवादीले ल्याएको भन्दै उखान टुक्का र सतही कुरामा राष्ट्रवादी नभईने बताए ।
नेता सापकोटाले स्थानीय निकायमा गाउपालिकाको अवधारणा, महिला, दलित, अपांग र पीछाडीएका वर्गको उत्थान लगायत सम्पूर्ण परिवर्तन माओवादीको भएको बताए ।
माओवादीले महाराजाहरुको स्थानमा पिछडीएका वर्गलाई पुर्याएको कुरा सबैले ममन गर्नुपर्नेमा उनको जोड थियो ।