Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा सेरबहादुर केसी

माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा सेरबहादुर केसी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • २३:०६:११ बजे
  • 1.0K
    SHARES
  • माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा सेरबहादुर केसी

    बेनी, ११ मंसिर । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ ।

    images

    बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो ।

    mb.jpg

    कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिबमा किसान बिक चयन हुनुभएको छ ।

    गण्डकी प्रदेश अधिबेशन प्रतिनिधीमा पदम पुन, सेरबहादुर केसी, ज्योती लामिछाने, कृष्ण कार्की, लक्ष्मण शर्मा, नगेन्द्र केसी, बिरसिंह केसी र गणेश सुबेदी लगायत चयन हुनुभएको छ ।

    mb1.jpg

    अधिबेशनको उद्घाटन गर्दै माओवादीका जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले राजनीतिक परिवर्तनका एजेण्डालाई संस्थागत गर्दै सामाजिक मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो ।

    गणतन्त्र, संघीयता, समावेशी ब्यवस्थालाई बलीयो बनाउन भ्रष्ट्राचार, बिभेद, बेतिथि, ढिलासुस्तिका बिरुद्ध आवाज उठाउन र भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।

    अधिबेशन शुरु हुनुअघि बेनी बजारमा दश वटै वडाबाट आएका प्रतिनिधीहरुले ¥याली गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology