Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

किसान मागअनुसार दूधको मूल्य बढाउने तयारी

किसान मागअनुसार दूधको मूल्य बढाउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • ०८:३७:५२ बजे
  • 628
    SHARES
  • किसान मागअनुसार दूधको मूल्य बढाउने तयारी

    सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकोले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल भएको हो ।

    images

    किसान तथा उद्योगीको मागअनुसार मूल्य बढाउने तयारी राष्ट्रिय दुग्ध विकास बोर्डमा छ । दाना, चोकर, डिजेलको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ ।

    सरोकारवाला पक्षको प्रस्तावमा बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म वृद्धि गर्ने गृहकार्य गरेको बताइएको छ । बोर्डले किसानको लागत मूल्य कति बढेको छ भनेर अध्ययन गरेको छ ।

    बोर्ड, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ, दुग्ध विकास संस्थान (डीडीसी) को सिफारिसमा दूधको मूल्य प्रस्ताव गरिन्छ ।

    यो समाचार आजको कारोबार दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # मूल्य बढाउने तयारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology