Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीसहित पाँच नेताको बैठक, पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पार्दै

ओलीसहित पाँच नेताको बैठक, पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पार्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • ११:५८:४३ बजे
  • 655
    SHARES
  • ओलीसहित पाँच नेताको बैठक, पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पार्दै

    एमालेको १०औं महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै समापन हुने भएको छ । सकेसम्म सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गरी अध्यक्ष केपी ओली जुटेका छन् ।

    images

    अहिले ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमालको छुट्टै बैठक बसेको छ । बैठकले पदाधिकारी तथा केन्द्रीय कमिटी सूची बनाउने भएको छ ।

    सोही सूचीलाई अध्यक्ष ओलीले बन्दसत्र हलमा सार्वजनिक गर्ने तयारी छ । शीर्ष नेताको बैठकअघि अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीसँग छुट्टाछुट्टै भेटेका थिए ।

    ओलीले नेताहरूको कुरा मात्र सुनेको तर कुनै प्रतिक्रिया नसोधेको एक नेताले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology