Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भीम रावलको पक्षमा देखिएका पर्चा खोसिए,मनाउन अन्तिम कसरत जारी

भीम रावलको पक्षमा देखिएका पर्चा खोसिए,मनाउन अन्तिम कसरत जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • १२:०३:२५ बजे
  • 997
    SHARES
  • भीम रावलको पक्षमा देखिएका पर्चा खोसिए,मनाउन अन्तिम कसरत जारी

    एमालेको जारी १० औँ महाधिवेशनमा सर्वसम्मत पदाधिकारी तथा नेतृत्व चयनको एजेन्डा पेचिलो बनेको छ ।

    images

    अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावललाई उम्मेदवारी फिर्ता लिन केपी ओली पक्षीय नेताहरुले निकै फकाइरहेको बताइएको छ । निर्वाचन प्रक्रिया शुरु हुनअघि नै अधयक्ष ओली र रावलबीच भेट गराउने प्रयास भइरहेको छ ।

     भीम रावलले आफूले अध्यक्ष उम्मेदवारी दिएको र त्यसको कारण र आफूले अध्यक्ष भएपछि गर्ने कामको प्रतिवद्धतासहितको प्रतिवेदन पर्चा बाँडेपछि उनको समर्थकलाई माआधिवेशन स्थलबाट निकालिदिएका छन् ।

    रावलको पर्चा बाँड्दै हिडेका उनका पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंमसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाएका थिए । बन्दसत्र भित्र पस्न लागेकाहरुलाई रावलका कार्यकर्ताले उनको पर्चा बाँडेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको रावलको पर्चामा उनले अध्यक्षमा उम्मेदवारी दिनुपर्ने कारणहरुको बारेमा उल्लेख गरिएको छ ।

    महाधिवेशन स्थल भित्र रावलको पर्चा बोकेर नहिड्न प्रतिनिधिलाई स्वयंम सेवकले सचेत गराएका छन् । उनीहरुलाई उक्त पर्चा खल्ति वा झोलामा हाल्न भनिएको छ । रावलका पर्चा खल्ती वा झोलामा हालेपछि मात्र प्रतिनिधिलाई भित्र झिर्न दिइएने व्यवस्था गरिएको छ ।

    parcha-bhim-rawal.jpg

    रावलले अध्यक्षको उम्मेदवारी दिएपछि ओलीलाई हलले सर्वसम्मत अध्यक्ष घोषणाा गर्ने योजना सफल हुन सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology