Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुर्खेतका र सल्यानका पालिकाहरुमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

सुर्खेतका र सल्यानका पालिकाहरुमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • १२:३३:५१ बजे
  • 946
    SHARES
  • सुर्खेतका  र सल्यानका पालिकाहरुमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

    नेकपा (माओवादी केन्द्र) ले सुर्खेतका पाँच र सल्यानका सात वटा स्थानीय तहहरुमा नयाँ नेतृत्व चयन गरेको छ । नौवटा स्थानीय तह रहेको सुर्खेतका पाँचवटा स्थानीयतहमा निर्वाचन सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) सुर्खेतका संयोजक कृष्ण जिसी ‘जितेन्द्र’ले रातोपाटीलाई जानकारी दिए ।

    images

    उनका अनुसार नेतृत्व चयन भएका सबै पालिकाको सर्वसम्मत नेतृत्व चयन गरिएको हो । उनका अनुसार पश्चिमको चौकुने गाउँपालिका कमिटीको अध्यक्षमा गंगाराम विश्वकर्मा, बराहताल गाउँपालिकामा बलबहादुर कठायत, सिम्ता गाउँपालिकामा चित्रबहादुर हमाल र पञ्चपुरी नगरपालिकामा केशव शाही अध्यक्षमा चयन भएका छन् ।

    यस्तै भेरीगङ्गा नगरपालिकाको अध्यक्षमा अध्यक्षमा गणेश भण्डारी चयन भएका छन्। वीरेन्द्रनगर नगरपालिकामा भने शनिबारदेखि बन्दसत्र जारी छ । अन्य स्थानीय तहमा पनि अबको केही दिनभित्रै नेतृत्व चयनको काम सम्पन्न गरिसक्ने संयोजक जिसीले जानकारी दिए । उनका अनुसार ९९ वडामध्ये ९७ वडा तहको नेतृत्व चयन पनि सकिएको छ ।

    उता सल्यान जिल्लाका १० वटा स्थानीय तहमध्ये सातवटा स्थानीयतहमा नेतृत्व चयनको काम सम्पन्न भएको छ । त्यहाँ पनि सबै स्थानीय तहको नेतृत्व छनोटको काम सर्वसम्मत गरिएको बताइएको छ ।

    माओवादी केन्द्र सल्यानका अनुसार शारदा नगरपालिकाको अध्यक्षमा नविनसिंह भडे, कालिमाटी गाउँपालिकामा रुद्रबहादुर घर्ती ‘प्रगति’ कपुरकोट गाउँपालिकामा प्रकाश भण्डारी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र कुमार थापा अध्यक्षमा चयन भएका छन् ।

    यस्तै सिद्ध कुमाख गाउँपालिकामा रामबहादुर बस्नेत, दार्मा गाउँपालिकामा चन्द्रबहादुर रावत र छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा प्रेमबहादुर खडका चयन भएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology