Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुर्खेतमा कांग्रेसका पौडेल पक्षले भेटेन उम्मेदवार

सुर्खेतमा कांग्रेसका पौडेल पक्षले भेटेन उम्मेदवार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • १४:०८:२३ बजे
  • 895
    SHARES
  • सुर्खेतमा कांग्रेसका पौडेल पक्षले भेटेन उम्मेदवार

    सुर्खेत कांग्रेस सभापतिमा खड्का पोखरेल निर्विरोध चयन भएका छन्। उनी संस्थापन शेरबहादुर देउवा पक्षका हुन् ।

    images

    संस्थापन इतर पक्षले भने सभापतिको उम्मेदवार नै फेला पार्न नसकेपछि पोखरेल निर्विरोध भएका हुन् ।

    संस्थापनइतर समूहले सभापतिबाहेकका पदमा भने उम्मेदवार बनाएको छ। उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत संस्थापन पक्षबाट उम्मेदवार बनेका छन्। इतर पक्षले उपसभापतिमा टेकबहादुर सिंह र शोभा शर्मालाई उम्मेदवार बनाएको छ ।

    सचिवमा संस्थापनबाट देवकुमार सुवेदी र बालदीप कँडेल र संस्थापनइतरबाट अनन्त पौडेल र जनकबहादुर रावलले उम्मेदवारी दिएका छन्। सुर्खेत कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्लासमेत हो ।

    जिल्ला सभापति कमलराज रेग्मीसहित इतर पक्षका पूर्वमन्त्री शिवराज जोशी र राज्यमन्त्री खड्ग बस्याल पराजित भएका छन्। सुर्खेतमा संस्थापनइतर पक्ष वडा तहदेखि कमजोर देखिएको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology