Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीले गरे पूर्वमाओवादी नेताहरुसँग छलफल

ओलीले गरे पूर्वमाओवादी नेताहरुसँग छलफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • १४:३९:५८ बजे
  • 793
    SHARES
  • ओलीले गरे पूर्वमाओवादी नेताहरुसँग छलफल

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले नेताहरुसँग छलफल गरेका छन् ।

    images

    सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका ओली आइतबार लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतका नेतासँग छलफल गरेका हुन् ।

    स्रोतका अनुसार आफू बसेकै रिसोर्टमा उनीलाई बोलाएर ओलीले नयाँ नेतृत्व चयन प्रक्रिया र उनीहरुका आकांक्षाबारे चासो राखेका हुन् ।

    ओलीले सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयासस्वरुप बिहानैदेखि पार्टीका विभिन्न नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएका छन् ।

    स्रोतका अनुसार पूर्व माओवादी नेताहरुले पनि आफूहरु सहमतिबाटै नेतृत्व चयन होस् भन्ने पक्षमा रहेको ओलीलाई जवाफ दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology