Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पदाधिकारीसहितको नामावली तयार पारेर ओलीलाई बुझाइयो

पदाधिकारीसहितको नामावली तयार पारेर ओलीलाई बुझाइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • १७:४१:५४ बजे
  • 1.1K
    SHARES
  • पदाधिकारीसहितको नामावली तयार पारेर ओलीलाई बुझाइयो

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं महाधिबेशन अन्तर्गत आज (आइतबार) पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको खाका तयार भएको छ ।

    images

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यसमितिको नामावली तयार गर्नका लागि प्रदीप ज्ञवाली, पुथ्बीसुब्बा गुरुङ, विष्णु पौडेल र शंकर पोखरेलाई जिम्मा दिएका थिए ।

    उनीहरुले तयार गरेका उक्त खाका अध्यक्ष ओलीलाई बुझाइएको छ । अब अध्यक्ष ओलीले रुजु गरेपछि बन्दसत्रमा सुनाइने जानकारी गराइएको छ ।

    त्यस्तै, बन्दसत्रको दोस्रो दिनको कार्यक्रम आइतबार (आज)साँझ ७ बजेपछि मात्रै सुरु हुने भएको छ । आज विहान १० बजेदेखि दोस्रो दिनको बन्दसत्रको कार्यक्रम सुरु हुने भनिएतापनि नेतृत्वका लागि सहमति जुट्न नसकेपछि साँझ ७ बजेपछि मात्रै सुरु हुने बताइएको छ ।

    पार्टीभित्र सहमति जुटाउनका लागि अध्यक्ष ओली निरन्तर छलफलमा रहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology