Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अर्को व्यक्ति वरिष्ठ उपाध्यक्ष बनाउने भए चुनाव लड्छु : नेम्वाङ

अर्को व्यक्ति वरिष्ठ उपाध्यक्ष बनाउने भए चुनाव लड्छु : नेम्वाङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • १८:०४:४९ बजे
  • 1.4K
    SHARES
  • अर्को व्यक्ति वरिष्ठ उपाध्यक्ष बनाउने भए चुनाव लड्छु : नेम्वाङ

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सर्वाधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइसकेको छ ।

    images

    यसैबीच नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको दाबी नछाडेपछि ओलीले आज बिहान १० बजे प्रस्तुत गर्ने भनिएको सूची अहिलेसम्म तयार हुन नसकेको बताइएको छ ।

    नेम्बाङले आज बिहान प्रदेश–१ का पूर्वमुख्यमन्त्री शेरधन राईमार्फत् अध्यक्ष ओलीलाई आफ्नो सन्देश पठाएका छन् । उनले आफ्नो सन्देशमा अध्यक्ष ओलीलाई अर्को व्यक्ति वरिष्ठ उपाध्यक्ष बनाउने भए आफू चुनाव लड्ने सन्देश पठाएका बताइएको छ ।

    त्यसोत नेम्वाङले अध्यक्ष ओलीबाहेक आफूभन्दा माथि कुनै नेता नभएको बताउँदै अरू कसैलाई आफूमाथि राखेर सहमति नहुने सन्देश ओलीलाई दिइसकेका छन् ।

    ओली र नेम्वाङ एउटै होटलमा बसेपनि उनीहरूबीच प्रत्यक्ष कुरा हुन सकेको छैन । त्यसोत वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलले पनि दाबी गरेका छन् ।

    यता अध्यक्ष ओलीले भने यसअघि नै नेम्वाङलाई पार्टीले अवसर पाए उनलाई राष्ट्रपति बनाउने आश्वासन दिएका थिए । तर, नेम्वाङले ओलीको उक्त प्रस्ताव यसअघि नै अस्वीकार गरिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology