Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाललाई उच्च सतर्कता अपनाउन डब्ल्यूएचओको सुझाव

नेपाललाई उच्च सतर्कता अपनाउन डब्ल्यूएचओको सुझाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • १८:०८:१३ बजे
  • 820
    SHARES
  • नेपाललाई उच्च सतर्कता अपनाउन डब्ल्यूएचओको सुझाव

    दक्षिण अफ्रिकामा पत्ता लागेर यूरोपेली देश तथा हङकङ लगायत देशमा फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट भारतमा पनि फेला परेको छ ।

    images

    तीव्र संक्रामक र घातक देखिएको यो भेरिएन्टले नेपालमा पनि थप त्रास सिर्जना गरेको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि प्रेस विज्ञप्ती जारी गरेर नेपाललगायत दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

    डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई तीब्रता दिनुपर्ने जनाएको हो ।

    जारी विज्ञप्तीमा भनिएको छ, ‘यस क्षेत्रका अधिकांश देशहरुमा कोरोना संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको छ ।

    यसले अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न हामीले हाम्रो सतप्रतिशत दिन जरुरी छ ।’

    त्यस्तै दक्षिण–पूर्वी एसियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा जोड दिनुपर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ, भने सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ ।

    विज्ञप्तीमा थप उल्लेख गरिएको छ, ‘जति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ । त्यति नै क्षति कम गर्न मद्दत पुग्छ । कोरोना गराउने भाइरस जति धेरै फैलिन्छ त्यति नै त्यसमा उत्परिवर्तन देखिन्छ र नियन्त्रण गर्न कठिन हुन्छ ।’

    मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै कोरोना भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # डब्ल्यूएचओको सुझाव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology