Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वमाओवादीलाई २ पदाधिकारी र ४० केन्द्रीय सदस्य दिन ओली सहमत

पूर्वमाओवादीलाई २ पदाधिकारी र ४० केन्द्रीय सदस्य दिन ओली सहमत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • १८:१३:१० बजे
  • 706
    SHARES
  • पूर्वमाओवादीलाई २ पदाधिकारी र ४० केन्द्रीय सदस्य दिन ओली सहमत

    नेकपा एमालेको जारी १०औं महाधिवेशनको बन्दसत्रमा नेतृत्वका लागि सहमतिको मिलाउने प्रयारी भइरहेको छ ।

    images

    बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका नेताहरुसँग अध्यक्ष केपी शर्मा ओलीको छलफल भएको छ ।

    पूर्वमाओवादी पक्षका नेताहरुसँग अध्यक्ष केपी शर्मा ओलीले गरेको छलफलबाट २ पदाधिकारी र ४० केन्द्रीय सदस्य पाउने सहमति भएको छ । पूर्वमाओवादी समूहले यसअघि तीन पदाधिकारी दाबी गर्दै आएको थियो ।

    जसमा उपाध्यक्ष, उपमहासचिव र सचिवमा एकएक जना पदाधिकारी पाउनुपर्ने दाबी थियो । पदाधिकारी र केन्द्रीय सदस्यका बारेमा छलफल गर्नका लागि पूर्वमाओवादी समूहबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु शाह अध्यक्ष ओलीलाई भेटेका छन् ।

    स्रोतका अनुसार ओलीले दुई जनालाई पदाधिकारी दुई जना स्थायी समिति र ४० जना केन्द्रीय समिति दिन सकिने निष्कर्ष निकालेका हुन् ।

    पूर्वमाओवादी पक्षबाट रामबहादुर थापा बादलले उपाध्यक्ष, टोपबहादुर रायमाझीले उपमहासचिव र लेखराज भट्टले सचिव दाबी गर्दै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology