Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अध्यक्ष मण्डलको बैठकमा भीम रावल पनि उपस्थित

अध्यक्ष मण्डलको बैठकमा भीम रावल पनि उपस्थित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • २२:५९:५२ बजे
  • 1.0K
    SHARES
  • अध्यक्ष मण्डलको बैठकमा भीम रावल पनि उपस्थित

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ प्रस्तावित केन्द्रीय कमिटी सदस्यको नाम अध्यक्ष मण्डलमा छलफल जारी छ ।

    images

    सौरहा, चितवनमा तीन दिन देखि जारी १० औं महाधिवेसनको तेस्रो दिन ११ घन्टा ढिलो गरि सुरू हुन लागेको बन्द सत्र अगाडि अध्यक्ष मण्डलको बैठक जारी राखिएको हो ।

    अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा,युवराज ज्ञवाली, शेरबहादुर तामाङसहित ११ जनाले छलफल गरिराखेका छन् ।

    अध्यक्षले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीबारे छलफल गर्न बैठक बसेको छ । बैठकले उक्त नामावलीलाई अनुमोदन गर्ने एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

    शनिबार बन्दसत्रले पार्टीको पदाधिकारी र सदस्यहरु चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिएको थियो । अध्यक्ष मण्डलको बैठकपछि सो नामावलीलाई बन्दसत्रमा पेस गरिनेछ ।

    अध्यक्ष ओलीले आइतबार दिनभर छलफल गरेर प्यानल तयार गरेका छन् । केही बेर अघिमात्र उनी आफू बसेको होटलबाट निस्किएर बन्दसत्र स्थल पुगेका हुन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology