Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली निकट मानिने दुर्गा प्रसाई ३०१ मा अटाएनन्

ओली निकट मानिने दुर्गा प्रसाई ३०१ मा अटाएनन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • ०८:१६:११ बजे
  • 1.1K
    SHARES
  • ओली निकट मानिने दुर्गा प्रसाई  ३०१ मा अटाएनन्

    नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा ओली निकट मानिने दुर्गा प्रसाईको नाम ३०१ जना केन्द्रीय सदस्यको सूचीमा अटाउन सकेन ।

    images

    ओलीलाई हजुरबुवा भनेर सम्बोधन गर्ने मेडिकल व्यापारी प्रसाई अध्यक्ष ओलीको ३०१ जनाको सूचीमा पर्न नसकेका हुन । प्रसाईले आफू केन्द्रीय सदस्यको दाबेदार रहेको र हजुरबाको आशिर्वाद चाहियो भन्दै ओलीलाई भेटेरै अनुरोध गरेका थिए ।

    आफूले सबैपक्ष विचार गरेर, नाम लिस्ट तयार पारेको भन्दै नामावलीमा छुटेका पुराना साथीलाई सल्लाहकारमा समेटिने अध्यक्ष ओलीले प्रतिबद्धता जनाएका थिए ।

    बन्दसत्रमा ओलीले अन्तिममा आफ्नो नाम पढे । नाम पढ्नु अघि जिस्कँदै भने ३०१ जनामा म पनि पर्छु नि ? अनि ३०१ जानाको नाम पढेपछि तोकिएको समयमा मनोनयन गर्न सबैलाई आग्रह गरे ।

    ‘३०१ जनामा नपर्नेले मनोनयन गर्न सक्छन्,’ ओलीले भने ।

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology